Nepal Views
Online/Digital
NepalViews is an independent digital news platform that goes beyond headlines to provide context, analysis, and diverse perspectives. We aim to help readers understand the stories behind the news and make sense of complex realities. Source
Actions
Media Outlet details
| Scope | Asian |
|---|---|
| Language | English, Nepali |
| Country | Nepal |
|
Similarweb UVM |
Request pricing |
|
Comscore UVM |
Request pricing |
Recent Articles
Search Articlesयस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ३२ पैसा र बिक्रीदर १५२ रुपैयाँ ९२ पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर १७५ रुपैयाँ २६ पैसा र बिक्रीदर १७५ रुपैयाँ ९५ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर २०४ रुपैयाँ ८९ पैसा र बिक्रीदर २०५ रुपैयाँ ६९ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर १८८ रुपैयाँ ४६ पैसा र बिक्रीदर १८९ रुपैयाँ २० पैसा कायम गरिएको छ । अष्ट्रेलियन डलर एकको खरिददर १०७...
खराब मौसमले रोकियो ब्रड पिक उद्धार अभियान
काठमाडौं । पाकिस्तानको ब्रड पिक हिमालमा हिमपहिरोमा परेर बेपत्ता भएका आरोहीहरूको खोजी तथा उद्धार अभियान प्रतिकूल मौसमका कारण शुक्रबार साँझ अस्थायी रूपमा स्थगित गरिएको छ । पाकिस्तानी अखबार डनकाअनुसार खोजी अभियानका क्रममा संयुक्त राज्य अमेरिकाका एक, नेपालका एक र ओमानका एक गरी तीन जना आरोहीको शव फेला पारिएको छ । पाकिस्तान सेनाको हेलिकोप्टरमार्फत ती शव ब्रड पिकबाट स्कर्दु लगिएको छ । ड्रोनबाट खिचिएका दृश्यमा अन्य केही आरोही रहेको संकेत पनि देखिएको उद्धार टोलीले जनाएको छ । यसअघि चार जनाको शव फेला...
चार प्रदेशका पहाडी क्षेत्रमा आज भारी वर्षाको सम्भावना
काठमाडौं । देशभर मनसुनी वायुको प्रभाव कायम रहेको तथा मनसुनको न्यून चापीय रेखा पश्चिम नेपालमा सरदर स्थानभन्दा दक्षिणतिर र पूर्वी नेपालमा सरदर स्थानको आसपास रहेकाले आज देशका विभिन्न क्षेत्रमा वर्षाको सम्भावना रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल लुम्बिनी प्रदेशका तराईमा आंशिक बदली भएको छ भने बाँकी भागमा साधारणतया बदली भएको छ । बागमती प्रदेशका केही तथा कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । आज दिउँसो देशभर साधारणतया बदली...
Nepal Views: Voices, Perspectives, Context | Nepal Views News portal
Nepal Views: Voices, Perspectives, Context, Nepalviews, Nepal Views News portal, Nepal Views is s Nepal's digital newspaper, the online destination for Nepal news, views, reviews, features, blogs, and audio-video content covering Nepali politics, society, market, arts, entertainment, international, sports. etc.
Nepal Views: Voices, Perspectives, Context | Nepal Views News portal
Nepal Views: Voices, Perspectives, Context, Nepalviews, Nepal Views News portal, Nepal Views is s Nepal's digital newspaper, the online destination for Nepal news, views, reviews, features, blogs, and audio-video content covering Nepali politics, society, market, arts, entertainment, international, sports. etc.
धनुषामा सद्भाव र्याली निकाल्ने निर्णय
जनकपुर । धनुषामा सर्वपक्षीय बैठक सम्पन्न भएको छ । शुक्रबार बसेको संर्वपक्षीय सद्भाव बैठकले धनुषा जिल्लामा विगतका दिनदेखि भईरहेको प्रदर्शनपश्चात जिल्लाको शान्ति, व्यवस्था, सुरक्षा सम्बन्धमा छलफल एवम समीक्षा गरेको छ । बैठकमा धनुषा जिल्लाको सदरमुकाम लगायत अन्य स्थानमा सामाजिक सद्भाव, शान्ति सुरक्षा र अमनचयन कायम राख्न सम्पूर्ण धर्म, समुदायका अगुवा, नागरिक समाज, बुद्धिजिवी, राजनीतिक दल, संघ संस्था, स्थानीय तहका जनप्रतिनिधिहरु र सञ्चारकर्मी लगायत सबै सरोकारवालाहरुले आ–आफ्नो तर्फबाट प्रयास गर्ने...
मोटरसाइकलको ठक्करबाट साइकलयात्रीको मृत्यु
झापा । बाह्रदशी गाउँपालिका–३ रामनगरस्थित हुलाकी सडकखण्डमा मोटरसाइकलको ठक्करबाट एक जना साइकलयात्रीको मृत्यु भएको छ । बिहीबार दिउँसो करिब १ः३५ बजे घोडामाराबाट राजगढतर्फ जाँदै गरेका बाह्रदशी गाउँपालिका–३ का ५० वर्षीय प्रेमबहादुर पौडेल सवार साइकललाई सोही दिशाबाट आउँदै गरेको प्र–१–०१–०१९प २६९४ नम्बरको मोटरसाइकलले ठक्कर दिएपछि निजको उपचारकै क्रममा राति करिब ८ः३० बजे बिर्तासिटी अस्पतालमा मृत्यु भएको हो । दुर्घटनामा मोटरसाइकल चालक बाह्रदशी गाउँपालिका–४ चकचकीका ३० वर्षीय कुन्दन गणेश पनि घाइते भएका छन्...
वीरगञ्जमा सामाजिक सद्भाव कायम राख्न ४ बुँदे निर्णय
पर्सा । विभिन्न राजनीतिक दल सम्मिलित सर्वदलीय बैठकले जिल्लामा शान्ति सुरक्षा, सामाजिक सद्भाव र अमनचयन कायम राख्ने सन्दर्भमा विभिन्न चार बुँदे निर्णय गरेको छ । जिल्ला सुरक्षा समितिका अध्यक्षसमेत रहनुभएका पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहालको अध्यक्षतामा भएको सर्वपक्षीय बैठकले शान्ति, सुव्यवस्था कायम राख्न सबै पक्षले सक्रिय भूमिका खेल्ने निर्णय गरेको प्रतिनिधिसभा सदस्य हरि पन्तले जानकारी दिए । बैठकमा सुनसरी, सिरहालगायत देशका विभिन्न जिल्लामा हालै भएका घटना र पर्सा जिल्लाको वर्तमान सुरक्षा...
ब्याटिङ र फिल्डिङमा चुक्दा नतिजा आएन - कप्तान रोहित
काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत नेदरल्यान्ड्समा भएको ओडीआई शृङ्खला खेलेर नेपाली क्रिकेट टोली स्वदेश फर्किएको छ । शुक्रबार साँझ नेपाली क्रिकेट टोली काठमाडौं आइपुगेको हो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै टोलीका कप्तान रोहित पौडेलले टोलीले लक्ष्यअनुसारको प्रदर्शन गर्न नसकेको स्वीकार गर्दै त्यसप्रति आफूहरू निराश रहेको बताए । उनले नेदरल्यान्ड्स भ्रमणमा सोचेअनुसारको नतिजा आउन नसकेको उल्लेख गर्दै अब आगामी प्रतियोगितामा ध्यान केन्द्रित गरिने बताए । उनका...
सरकारसँग सहमतिपछि कप्तानगञ्ज गोलीकाण्डका दुवै मृतकको शव परिवारलाई बुझाइयो
विराटनगर । सुनसरीको देवानगन्ज गाउँपालिका–३ कप्तानगञ्जमा भएको गोलीकाण्डमा ज्यान गुमाएका दुई जना युवाको शव शुक्रबार पोस्टमार्टमपछि परिवारको जिम्मा लगाइएको छ । सरकार र पीडित पक्षबीच सहमति भएपछि कानुनी प्रक्रिया पूरा गरी शव अन्त्येष्टिका लागि परिवारलाई बुझाइएको हो । गोलीकाण्डमा ज्यान गुमाएका देवानगन्ज–४ का २५ वर्षीय ओमप्रकाश मेहता र देवानगन्ज–३ का २२ वर्षीय जयप्रकाश मेहताको शव विराटनगरस्थित न्युरो अस्पतालको शवगृहमा राखिएको थियो । बिहीबार राति सरकार र पीडित पक्षबीच सहमति भएपछि शुक्रबार कोशी...