Rato Pati
Newsletter (Digital)
Ratopati is Best Online Nepali news portal for Politics, Opinions, Sports, Entertainment, Corporate, English news, Blogs and other news from Nepal. Source
Actions
Media Outlet details
| Scope | National |
|---|---|
| Language | English, Nepali |
| Country | Nepal |
|
Similarweb UVM |
Request pricing |
|
Comscore UVM |
Request pricing |
Recent Articles
Search Articlesजलवायु न्यायका लागि विश्वमञ्चमा नेपालले हात फैलाउने होइन, तथ्य बोकेर उभिनुपर्छ : सांसद कर्ण
काठमाडौँ । नेपाली कांग्रेसका सांसद रञ्जित कर्णले जलवायु परिवर्तनको मारमा नेपाल परेको तर त्यसको क्षतिपूर्ति दाबी गर्न सरकार चुकेको बताएका छन्। राष्ट्रिय सभाको बिहीबारको बैठकमा विशेष समयमा कर्णले जलवायु न्याय नेपालको निजी मुद्दा नभई राष्ट्रिय सरोकारको विषय भएको भन्दै यसमा एकजुट भएर अघि बढ्न प्रधानमन्त्रीलाई आग्रह गरे । सांसद कर्णले विश्वको तापक्रम वृद्धिमा नगण्य योगदान पुर्याएको नेपालले जलवायु परिवर्तनको असरबाट अत्यधिक मूल्य चुकाइरहेको बताए। ‘नेपालीमा एउटा उखान छ— नखाएको विष लाग्दैन। तर...
‘हामी विधि र पद्धति सिक्न तयार छौँ, अराजकता र अहङ्कार होइन’
काठमाडौँ । नेपाली कांग्रेसका सचेतक निश्कल राईले सरकार संविधान, विधि र प्रक्रियाबाट चल्नुपर्नेमा पहुँचका आधारमा चल्न थालेको आरोप लगाएका छन्। बिहीबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले सरकारलाई ‘जेन्जी आन्दोलन’ को मर्मअनुसार पारदर्शिता, सुशासन, विधिको शासन र भ्रष्टाचार अन्त्यका लागि गम्भीर भएर काम गर्न आग्रह गरेका हुन् । विधिको लागि आन्दोलनमा उत्रेका युवाहरूको जगमा बनेको सरकारले आफैँ विधि मिच्न थालेको उनले बताए। नेपाल रेडक्रस सोसाइटीमा सरकारी हस्तक्षेप भएको आरोप लगाउँदै उनले यसलाई राजनीतिक...
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानको महाधिवेशनको मिति फेरि परिवर्तन
काठमाडौं । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको ९औं राष्ट्रिय महाधिवेशनको मिति र स्थान फेरि परिवर्तन भएको छ । विशेष परिस्थिति, कारणवश पूर्व निर्धारित मितिमा महाधिवेशन गर्न सम्भव नभएपछि प्रतिष्ठानले जनाएको हो । प्रतिष्ठानकी अध्यक्ष रिता थापा मगर र महासचिव शिव हमालले एक विज्ञप्ति जारी गर्दै यसअघि २०८३ साल असोज १६, १७ र १८ गते गर्ने भनिएको महाधिवेशन अब असोज २२, २३ र २४ गते हुने जनाएका छन् । विज्ञप्ति अनुसार भदौ २५ गते बसेको प्रतिष्ठानको सचिवालय बैठकले पूर्व निर्धारित मिति परिवर्तन...
तीनै तहका सरकारबीच समन्वय गरी विपद् व्यवस्थापन गर्न सांसद मोहन आचार्यको सुझाव
काठमाडौँ । रसुवाबाट निर्वाचित नेपाली कांग्रेसका सांसद मोहन आचार्यले उद्धार, राहत, पुनर्स्थापना र पुनर्निर्माणका लागि तीनै तहका सरकारबीच समन्वय हुनुपर्ने बताएका छन्। बिहीबार राष्ट्रिय सभा बैठकमा बोल्दै उनले विपत्तिमा परेका नागरिकहरू ठूलो कष्टमा रहेको र बाढीबाट क्षति नबेहोरेको कुनै घर नरहेको उल्लेख गरेका हुन्। संसद्मा बोल्दै उनले उद्धार, राहत, पुनर्स्थापना र पुनर्निर्माणका लागि सङ्घ, प्रदेश र स्थानीय तीनै तहका सरकारहरूले साझेदारीमा काम गर्नुपर्नेमा जोड दिए। विगतको भूकम्पको समयमा जस्तै...
मन्त्रिपरिषद्का निर्णय : प्रधानमन्त्रीको अमेरिका भ्रमण स्वीकृतदेखि दुई सहसचिवको बढुवासम्म
काठमाडौँ । सरकारले प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुने नेपाली प्रतिनिधिमण्डलको भ्रमण स्वीकृत गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै शिक्षामन्त्री सस्मित पोखरेलले उक्त जानकारी दिएका हुन्। मन्त्रिपरिषद्को निर्णयबारे जानकारी दिँदै मन्त्री पोखरेलले भने, ‘संयुक्त राष्ट्रसंघको ८१ औँ महासभामा आगामी असोज ६ देखि १० गतेसम्म सहभागी हुन,’ उनले थपे, ‘प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा जाने नेपाली प्रतिनिधिमण्डलको भ्रमण स्वीकृत...
ग्यासको अभाव चर्किएपछि बिक्री केन्द्र अगाडि उपभोक्ताको लाइन (तस्बिरहरू)
काठमाडौँ । काठमाडौँ उपत्यकामा खाना पकाउने ग्यासको अभाव चर्किएपछि विभिन्न बिक्री केन्द्र तथा डिलर अगाडि खाली सिलिन्डर बोकेका उपभोक्ताको लामो लाइन लागिरहेको छ । कतिपय स्थानमा बिहानैदेखि सडकसम्म फैलिएको भीडमा घण्टौँ बसेका उपभोक्ताले ग्यास पाउने निश्चितता समेत गर्न सकेका छैनन् । आयल निगमका अनुसार पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक क्षतिग्रस्त भएपछि नियमित ढुवानी प्रभावित भए पनि वैकल्पिक मार्गबाट ग्यास ल्याउने व्यवस्था गरिएको छ । भदौ १८ देखि २० गतेसम्म मात्रै काठमाडौँ उपत्यकामा ८७ हजार...
प्रधानमन्त्री बालेनको अमेरिका भ्रमण स्वीकृत
काठमाडौँ । प्रधानमन्त्री बालेन शाहको अमेरिका भ्रमण स्वीकृत भएको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा भाग लिन प्रधानमन्त्री बालेन नेतृत्वको प्रतिनिधिमण्डललाई त्यसतर्फ जान स्वीकृति प्रदान गर्ने निर्णय गरेको सरकारको प्रवक्ता समेत रहेका शिक्षामन्त्री सस्मित पोखरेलले जानकारी दिए । जसअनुसार बालेनले असोज ६ देखि १० गतेसम्म अमेरिकाको भ्रमण गर्नेछन् । यसअघि भदौ ३ गतेको मन्त्रिपरिषद् बैठकले परराष्ट्रमन्त्री शिशिर खनालको नेतृत्वमा राष्ट्रसंघको महासभामा जाने निर्णय...
धनौजीका तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा
काठमाडौँ। धनुषाको धनौजी गाउँपालिकामा सडक निर्माण कार्यमा कामै नगरी नक्कली कागजात खडा गरेर रकम हिनामिना गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित १० जनाविरुद्ध विशेष अदालत, काठमाडौँमा भ्रष्टाचार मुद्दा दायर गरेको छ। आर्थिक वर्ष २०७८/०७९ मा प्रदेश सरकारबाट हस्तान्तरित बजेटबाट सञ्चालित गौरदाहादेखि लखौरीसम्म सडक निर्माण योजनामा मिलेमतो गरी कुल २६ लाख ६४ हजार ६२४ रुपैयाँ भ्रष्टाचार गरेको जिकिर गर्दै बिहीबारआरोपपत्र दायर गरिएको हो। अख्तियारका अनुसार...
प्रभु बैंकद्वारा रसुवा बाढीपीडितलाई टेन्ट र स्लिपिङ ब्याग सहयोग
काठमाडौं । प्रभु बैंक लिमिटेडले रसुवाको भोटेकोशी र त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित परिवारका लागि १०० थान टेन्ट र १०० थान स्लिपिङ ब्याग उपलब्ध गराएको छ । बाढीका कारण घरबारविहीन भएका तथा प्रभावित परिवारलाई थप सहयोग पुर्याउने उद्देश्यले बैंकले बिहीबार जिल्ला प्रशासन कार्यालय, नुवाकोटलाई उक्त राहत सामग्री हस्तान्तरण गरेको हो । बैंकका तर्फबाट प्रमुख बजार व्यवस्थापक दीपेन्द्रबाबु विष्टले राहत सामग्री जिल्ला प्रशासन कार्यालय, नुवाकोटलाई हस्तान्तरण गरे । यसअघि पनि बैंकले नेपाल सरकारको...
सुदूरपश्चिममा सर्पदंशको जोखिम : दुई वर्षमा १६ जनाको मृत्यु, कहाँ-कहाँ हुन्छ उपचार ?
धनगढी । बर्खायाम सुरु भएसँगै सुदूरपश्चिममा सर्पदंशको जोखिम बढेको छ। घरवरपर सरसफाइमा ध्यान नदिने, खेतबारीमा काम गर्दा सावधानी नअपनाउने तथा सर्पले टोकेपछि समयमै उपचारका लागि अस्पताल नजाँदा हरेक वर्ष मानिसले ज्यान गुमाउने गरेका छन्। सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयको तथ्यांकअनुसार आर्थिक वर्ष २०८१/०८२ मा यस प्रदेशमा सर्पको टोकाइबाट १२ जनाको मृत्यु भएको थियो। मृत्यु हुनेमा एक पुरुष, चार महिला, चार बालक र तीन बालिका थिए। सोही वर्ष सर्पको टोकाइबाट १०५ जना घाइते भएका थिए। यस्तै, आर्थिक वर्ष...