Setopati
Verified
Newspaper,
Online/Digital
Online destination for Nepal news, views, reviews, features, blogs and audio video content covering Nepali politics, society, market, arts, entertainment and sports. Source
Actions
Media Outlet details
| Scope | National |
|---|---|
| Language | English, Nepali |
| Country | Nepal |
|
Similarweb UVM |
Request pricing |
|
Comscore UVM |
Request pricing |
Recent Articles
Search Articles'पावर हाउसमा बाढी नठोक्किएको भए आज हामी हुन्न थियौं'
भदौ १० गते बिहान अप्पर त्रिशूली ३ 'बी' जलविद्युत आयोजना परिसर अरू दिन जस्तै सामान्य थियो। घाम लागेको थियो। आकाश सफा थियो। सदाझैं आयोजना निर्माणको नियमित काम चलिरहेको थियो। आयोजनाको किचनमा देवी पौडेल बिहान ७ बजेदेखिको ड्युटीमा थिइन्। डोलराज भण्डारी गाडीमा तेल हाल्न लागेका थिए। हिमलाल भण्डारी आयोजनाकै परिसरमा थिए। भोटेकोशी र त्रिशूलीको सीमा भएर बगेको त्रिशूली नदीमा निर्माणाधीन ३७ मेगावाटको अप्पर त्रिशूली थ्री बी जलविद्युत आयोजनाका सिभिल इन्जिनियर गणेशकुमार यादव सुरूङभित्र काम गरिरहेका थिए। त्यो...
Deuba faction begins preparations for separate general convention after Supreme Court ruling
After the Supreme Court declined to block the 15th general convention of the Nepali Congress, the faction led by former party president Sher Bahadur Deuba has begun preparations to hold a separate general convention. The Nepali Congress led by Gagan Thapa, which emerged from a special general convention held in January, is scheduled to begin municipal-level conventions on September 9, complete conventions at various levels, and hold its 15th general convention in Kathmandu from October 2 to 5.
बागमतीका मुख्यमन्त्री थापाले भने- राहत वितरणको जिम्मा स्थानीय तहलाई दिने निर्णय भएको छ
बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले बाढीपहिरोबाट प्रभावितलाई राहत वितरणको जिम्मेवारी स्थानीय तहलाई दिने निर्णय भएको बताएका छन्। सोमबार सेतोपाटीसँग कुरा गर्दै मुख्यमन्त्री थापाले स्थानीय तहहरू जनतासँग प्रत्यक्ष जोडिने भएकाले समन्वय गर्न सजिलो हुने बताए। 'कहाँ राहतको आवश्यकता छ, कहाँ अभाव छ र प्रभावितको वास्तविक अवस्था के छ भन्ने स्थानीय तहलाई नै बढी जानकारी हुन्छ। त्यसैले संघ र प्रदेश सरकारले मात्र राहत वितरण गर्नुभन्दा स्थानीय तहलाई प्रभावकारी बनाएर अघि बढ्न लागिएको हो,’ उनले भने,...
बाढी प्रभावितलाई शाइन रेसुङ्गा बैंकको ६५ लाख सहयोग
भोटेकोशी नदीमा आएको विनासकारी बाढीबाट प्रभावित नागरिकहरूको राहत तथा पुनर्स्थापनाका लागि शाइन रेसुङ्गा डेभलपमेण्ट बैंक लिमिटेडले ६५ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ। बुटवलमा प्रधान कार्यालय रहेको बैंकले प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा बैंकको तर्फबाट ५५ लाख र कर्मचारीहरूको तर्फबाट १० लाख गरी कुल ६५ लाख रुपैयाँ आर्थिक सहयोग गरेको हो। प्राकृतिक विपतका कारण रसुवा, नुवाकोट, धादिङ, गोरखा, तनहु, चितवन लगायतका जिल्लाहरुमा मानवीय तथा भौतिक क्षति र नागरिकहरूको दैनिक जीवन प्रभावित भइरहेको अवस्थामा...
रसुवा बाढीले सडक र पुलमा २० अर्बको क्षति, पुनर्निर्माण गर्न ५० अर्ब लाग्ने
सडक विभागले रसुवा बाढीका कारण सडक र पुलमा ठूलो क्षति भएको प्रारम्भिक अनुमान गरेको छ। सडक तथा मोटरेबल पुलमा मात्रै २० अर्ब रूपैयाँ बराबरको क्षति भएको सडक विभागले जनाएको छ। सडक विभागका उपमहानिर्देशक एवं प्रवक्ता शुभराज न्यौपानेका अनुसार बाढीका कारण करिब ४० किलोमिटर सडक पूर्ण रूपमा क्षतिग्रस्त भएको छ। ठाउँ-ठाउँमा सडकहरू पुरिएको अवस्था छ। तर सबै ठाउँमा पुगेर हेर्न नसकिएको उनले बताए। 'अहिले म बेत्रावतीमै छु। यहाँभन्दा माथि जान सकिने अवस्था छैन। अहिलेसम्म पाएको जानकारी अनुसार योभन्दा माथिको सडक...
अस्ताए नाम निकालेर पहिलो पोष्टिङमा टिमुरे पुगेका आयुष
सल्यानका २१ वर्षीय आयुष खड्का स्नातकको परीक्षा दिन रसुवाबाट दुई दिनपछि गृहजिल्ला जाने तयारीमा थिए। लोक सेवा आयोगको परीक्षा उत्तीर्ण गरेपछि गत वैशाखमा रसुवा टिमुरेस्थित क्वारेन्टाइन कार्यालयमा उनको पहिलो पोष्टिङ भएको थियो। तर, सेवा प्रवेश गरेर काम थालेको पाँच महिनामै विनाशकारी बाढीमा परेर उनले ज्यान गुमाएका छन्। बाढीमा परेर शव भेटिएको पाँच दिनपछि सोमबार चितवन र तनहुँको संगम देवघाटमा उनको अन्त्येष्टि गरिएको छ। शव बिग्रने अवस्था भएको र घरसम्म लैजान नमिल्ने भएपछि देवघाटमै अन्त्येष्टि गरिएको...
रसुवाको कालिका र नौकुण्ड गाउँपालिकाका अधिकांश क्षेत्रमा पुग्यो बिजुली
भोटेकोशी बाढीका कारण विद्युत अवरुद्ध बनेको रसुवाको कालिका गाउँपालिका र नौकुण्ड गाउँपालिकाका अधिकांश क्षेत्रमा विद्युत सेवा पुन: सुरू भएको नेपाल विद्युत प्राधिकरणले जनाएको छ। त्यस्तै, गोसाइँकुण्ड गाउँपालिकाको धुन्चे, भार्खु र गोसाइँकुण्ड क्षेत्रमा पनि बत्ती बलेको जनाएको हो। विद्युत प्राधिकरणका प्राविधिकहरूको द्रुत एवं सक्रिय पहलले स्थानीय बासिन्दाहरू पुन: उज्यालोमा फर्किएको प्राधिकरणको भनाइ छ। प्रतिकूल मौसम र भौगोलिक कठिनाइका बाबजुद पनि सक्रिय काम गरेर बिजुली पुऱ्याइएको प्राधिकरणको भनाइ छ।
६ दिनपछि मोबाइल चार्ज गर्दै धुन्चेका स्थानीय
रसुवाको धुन्चेमा स्थानीयहरूले ६ दिनपछि मोबाइल चार्ज गरेका छन्। भदौ १० को भोटेकोशी बाढीले यहाँ बिजुली अवरूद्ध भएपछि सञ्चार सम्पर्क टुटेको थियो। नेपाल रेडक्रस सोसाइटी रसुवा शाखा र तिलगंगा आँखा केन्द्रको संयुक्त पहलमा निःशुल्क रुपमा मोबाइल चार्ज गर्ने व्यवस्था मिलाइएको हो।
उच्च अंकले घट्यो नेप्से, ३ अर्ब ६४ करोडको सेयर किनबेच
प्रकाशित मिति: सोमबार, भदौ १५, २०८३ १५:३८
सिंहदरबारमा प्रधानमन्त्री बालेन र रास्वपा सभापति लामिछानेबीच भेटवार्ता
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा प्रधानमन्त्री बालेन शाह र सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेबीच भेटवार्ता भएको छ। भेटमा रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण प्रभावित क्षेत्रमा सरकारद्वारा भइरहेका खोज, उद्धार, राहत वितरण तथा नागरिक व्यवस्थापनका प्रयासबारे छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ। भेटका क्रममा प्रभावित नागरिकहरूको उद्धार र राहतका साथै क्षति पुगेका संरचनाको पुन:स्थापनाका विषयमा छलफल भएको थियो।...