Ukaalo
Non-profit
A nonpartisan, not-for-proft media devoted to public interests. Investigative and in-depth content. Source
Actions
Media Outlet details
| Scope | National |
|---|---|
| Language | Nepali |
| Country | Nepal |
|
Similarweb UVM |
Request pricing |
|
Comscore UVM |
Request pricing |
Recent Articles
Search Articlesशिलालेख देखाउनू श्यामसुन्दरलाई
काठमाडौँ– पाटन दरबार परिसरमा रहेको भिमसेन मन्दिरअघि २०७८ पुस ५ गते ६ फुट अग्लो शिलालेख भेटियो। ढल खन्ने क्रममा उक्त शिलालेख भेटिएको थियो। दरबार क्षेत्र पुरातात्त्विक महत्त्वको भएकाले पुरातत्व विभागले प्रतिनिधिका रूपमा विभागका पूर्व महानिर्देशक प्रकाश दर्नाललाई त्यहाँ खटाएको थियो। तर उनले शिलालेख पढ्न सकेनन्। दर्नालले तत्कालै श्यामसुन्दर राजवंशीलाई फोन गरे। श्यामसुन्दरले तीन वर्षअघि नै पुरातत्त्व विभागबाट अवकाश पाएका थिए। शिलालेख भेटिएको जानकारी पाएपछि उनी तुरुन्तै त्यहाँ पुगे। श्यामसुन्दरले...
नेपाली श्रमिकको दासत्व-दैनिकी पहिल्याउने पत्रकार पाभो
काठमाडौँ– प्रतिव्यक्ति आयसहित सामाजिक सुरक्षाको सूचकांक आधारमा विश्वकै सबैभन्दा खुशी राष्ट्रको पंक्तिमा उभिएको फिनल्यान्डमा एकजना पत्रकार पाभो त्यैतिनैनको नाम अहिले सर्वाधिक चर्चामा छ। स्थानीय पत्रिका ‘हेलसिन्की सानोमात’ सम्बद्ध पाभो यस्ता पत्रकार हुन् जसले आफ्नो खोज–अनुसन्धानका आधारमा भन्न सकेका छन्, “श्रम शोषण र मानव तस्करीको सञ्जाल हेर्दा फिनल्यान्डबाट तत्कालै यो दासत्व उन्मुलन हुनसक्ने कुनै सम्भावना देखिन्न।” यो दासत्वको कथामा नेपाली श्रमिक पनि जोडिएका छन् जहाँ बर्षौंअघि होटल श्रमिक बनाएर...
सेनामा ‘घरदास’ प्रथा
काठमाडौँ– गृह मन्त्रालयले पूर्वविशिष्ट पदाधिकारीको सुरक्षाका नाममा राज्यस्रोतको दुरूपयोग भएको भन्दै कात्तिकको अन्तिमसम्म नेपाल प्रहरी र सशस्त्र प्रहरी बल (एपीएफ) का गरी ५०६ जनालाई फिर्ता गर्यो। भदौ २३ र २४ गतेको जेन–जी आन्दोलनपछि सुशासन बसाल्ने बाचासहित बनेको सरकारमा गृह मन्त्रालय सम्हालेका ओमप्रकाश अर्यालले पदासीन भएको दुई महिनामै ती जनशक्ति फिर्ता गरे। तर गृह मन्त्रालयले नेपाल प्रहरी र एपीएफका अवकाशप्राप्त अधिकृतहरूलाई दिइएको लगभग उति नै संख्यामा रहेका सुरक्षाकर्मीलाई डेग चलाएन। पूर्व...
संवैधानिक निकाय नै लगाउँछ व्यक्ति छानेर मुद्दा
काठमाडौँ– बदरूद्धीन खाँ २०६१ देखि २०७१ सालसम्म बाँकेको नरैनापुरस्थित दारूल उमुज अमजदिया मदरसाको व्यवस्थापन समिति अध्यक्ष थिए। यो पदबाट बाहिरिएको नौ वर्षपछि २०८० सालमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले उनलाई भ्रष्टाचारको कसुर लागेको भन्दै बयानका लागि चिठी काट्यो। “म त अचम्ममा परेँ,” खाँ भन्छन्, “अख्तियारको हौवाले एकछिन त होस् हवास् नै उडेजस्तो भयो। होपलेस पनि भइहालिँदो रहेछ।” घरपरिवारका सदस्य आत्तिएलान् भनेर उनले सुइँकोसम्म दिएनन्। तर २०८० पुस १६ गते अख्तियारले खाँसहित प्रधानाध्यापक कलिम अहमद...
‘देश निर्वाचनमा जाँदा राजनीतिक दल त्यसबाट पछि हट्न सक्दैनन्’
सरकारले फागुन २१ मा निर्वाचनको मिति घोषणा गरेको छ। प्रधानमन्त्री सुशीला कार्की र निर्वाचन आयोगले विभिन्न समयमा दलहरूसँग संवाद गरिरहेका छन्। आयोगमा निर्वाचनका लागि दल दर्ताको काम चलिरहेको छ। मतदाता नामावली दर्ताको समय गत शुक्रबार सकिएको छ। पूर्वप्रमुख निर्वाचन आयुक्त भोजराज पोखरेल सबै पक्षले निर्वाचनको वातावरण बनाउन सक्रिय भूमिका खेल्नुपर्ने बताउँछन्। निर्वाचन पर्यवेक्षणका लागि बांग्लादेश, सुडानलगायत मुलुकसमेत पुगेका उनीसँग नजिकिँदो निर्वाचनबारे उकालोका लागि किरण दहाल गरेको कुराकानीः...
‘अफ्रिकावासी नेपाली मताधिकारबारे सबैभन्दा बढी इच्छुक छन्’ (भिडियोसहित)
दुई दशकयता अफ्रिकी देश नाइजेरिया (लेगोस) बस्दै आएका हिक्मत थापा पेसाले खाद्य प्रविधिज्ञ हुन्। अफ्रिकी मुलुकमा बस्ने नेपालीको रोजगारीदेखि कठिनाइसम्मका विविध सरोकारमा सम्बद्ध रही गैर आवासीय नेपाली संघको पूर्वकेन्द्रीय कोषाध्यक्षसमेत रहेका थापासँग प्रवासी मताधिकारबारे उकालोले गरेको संवाद: नेपालमा हुन लागेको संसदीय निर्वाचनबारे अफ्रिकी मुलुकहरूमा रहेका नेपालीको के धारणा छ? प्रवासी मताधिकारको सरोकारमा के भन्नुहुन्छ?
अराजक अभिव्यक्ति र आन्दोलनको धम्की दिइरहने दुर्गा प्रसाईंको शक्ति के हो?
काठमाडौँ– दुर्गा प्रसाईं नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म–संस्कृति र नागरिक बचाउ महाअभियानका प्रतिनिधि र सरकारबीच शनिबार राति सहमति नभएको भए आइतबार देशभरको अवस्था फरक हुनसक्थ्यो। काठमाडौँका मुख्य क्षेत्रमा नाराबाजी, ट्राफिकजाम त हुन्थ्यो नै, ढुंगामुढा र अझ बढी अराजकता पनि मच्चिन सक्थ्यो। किनभने, प्रसाईं नेतृत्वको आन्दोलनमा यसअघि पनि हिंसा भड्किएको थियो। प्रसाईंले मंसिर ७ गते नेपाल बन्द र आमहड्ताल घोषणा गरेका थिए। त्यससँगै हिंसा भड्काउने अभिव्यक्ति दिन थालेपछि प्रसाईंलाई प्रहरीले मंसिर २...
फिनल्यान्डका एनआरएन अभियन्ता दम्पतीलाई मानव तस्करी र ठगीमा ५ करोड जरिबाना
काठमाडौँ– फिनल्यान्डमा रेस्टुराँमा काम लगाउन नेपालबाट कामदार लाँदै तोकिएको सेवासुविधा नदिने गैरआवासीय नेपाली अभियन्ताको जोडीलाई हेलस्निकीस्थित अदालतले झन्डै ५ करोड रुपैयाँ क्षतिपूर्ति दिलाउन अन्तिम फैसला सुनाएको छ। सन् १९९० को दशकदेखि फिनल्यान्ड बस्दै आएका गुल्मीका देवीदत्त शर्मा खरेल र उनकी श्रीमती मञ्जु शर्माले गरेको ‘मानव तस्करी र ठगी’ अभियोगमा परेको मुद्दामा जिल्ला अदालतले तीन बर्षअघि गरेको फैसला उच्चले पनि सदर गरेको हो। दोलखा, मैनापोखरीकी तारा थापा र गुल्मी, आँपचौरका दील खरेलले दायर...
राजनीतिक ‘कनेक्सन’ भएका हेमराज बडाल किन छुटे धरौटीमा?
काठमाडौँ– प्रतिबन्धित औषधि भित्र्याउन सरकारी कागज किर्ते गरेको अभियोगमा पक्राउ परेका कान्तिपुर भेटका सञ्चालक हेमराज बडाल (ऋषि) र सुना सुवेदीलाई ललितपुर जिल्ला अदालतले जनही १० लाख रुपैयाँ धरौटीमा छोडेको छ। ललितपुर जिल्ला अदालतका न्यायाधीश टेकनाथ गौतमको इजलासले कात्तिक २५ गते दुवै जनालाई धरौटीमा रिहा गर्न आदेश दिएको हो। बडाल र सुवेदी पतिपत्नी हुन्। यो दम्पतीलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले गत असोजको अन्त्यमा पक्राउ गरेको थियो। प्रहरी अनुसन्धानमा उनीहरूले सरकारी कागजात किर्ते...